येशु ख्रिष्टले जब मानिसको बिचमा परमेश्वरको बारेमा प्रचार प्रसार गर्न लग्नु भयो। तब यहुदी धर्म गुरुहरु डराएको थियो कि यो मानिसले आफुलाई परमेश्वरको स्थानमा राख्न लग्यो, मानिसहरुको माझमा भ्रम फैलौन लग्यो भनेर सोच्न थाल्यो। यसकारणले ति धर्म गुरुहरुले येशु ख्रिष्टलाई मार्न खोजे। कतिपया व्यक्तिहरुले उहालाई पछ्याउन थाले किनकी उहाको बचन शक्तिशाली थियो। यहाँ सम्म कि हरेक बिरामीहरु निको हुन थाल्यो। उहा परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा सबैले विश्वास गर्न थाले। यो देखेर धर्म गुरुहरु डराउन थाले। धर्म गुरुहरुले पनि येशु ख्रिष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा थाहा थियो किनकी उहाको बारेमा पुरानो करारमा पढेको थियो कि परमेश्वरको पुत्र कस तरिकाले यो संसारमा आउनु हुन्छ र हाम्रो पापलाई मेटाउनु हुन्छ।
येशु ख्रिष्टको जन्मको बारेमा थुप्रै भविष्वाण पुरानो करारमा गरिएको थियो सबै कुरा नया करारमा आएर पुरा भएको छ। ति मध्ये एउटा भविष्वाणको बारेमा हेर्ने छौ। ( पुरानो करार ) मिकाले येशु ख्रिष्टको जन्मको बारेमा भविष्वाण; मिका ५ :२ - "तर ए बेथालेहेम एप्राता तँ यहुदियाका कुलहरूमध्ये सानो भएता पनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्रएलको शासक हुनुहुनेछ, शुरु पुरानो समयदेखि, अर्थात् प्राचिनकालदेखि नै छ। " ( नया करार ) भविष्वाण पुरा भएको ; मत्ती २:४-६ - "अनि तिनले सबै मुख्य पुजाहारीहरुलाई र जनताका शास्त्रीहरुलाई भेला गरे, र "ख्रिष्टको जन्म कहाँ हुने हो ?" भनि सोधपुछ गरे। तिनीहरुले तिनलाई भने ,"यहुदियाको बेथलेहेममा। किनभने अगमवत्ताले लेखका छन् : 'ए बेथलहेम, यहुदा मुलुकको गाउँ , तँ कुनै किसिमले यहुदका शासकहरुका बिचमा कुनैभन्दा पनि तुच्छ छैनस, किनकी तँबाट एउटा शासक निस्किआउने छन् ,जसले मेरा मानिस, इस्रएलाको हेरचाह गर्नेछन।
➤ Jesus Christ came for the Jewish nation, not for the other nations. But later, because the Jews could not snatch him away, because they could not believe him, that opportunity came to other nations. Therefore, believing in Jesus is not a conversion, it is a conversion. In the world today we can have everything in Jesus' boat. We just have to believe that Jesus has power in the boat. Every weakness is removed, every disease is cured, and every problem is solved. That is why he said that everything is possible for a believer. A true Christian is one who walks in faith in Jesus Christ, prays, reads the Word, goes to church and changes his life every day.
येशु ख्रिष्टयहुदी जातिको निम्ति आउनु भएको थियो अरु जाति को निम्ति होइन। तर पछि यहुदीहरुले उहाले छिन्न नसकेको कारणले, विश्वास गर्न नसकेको कारणले त्यो मौका अरु जातिहरुलाई आएको हो। यसकारणले येशुलाई विश्वास गर्नु धर्म परिवर्तन होइन यो त हृदय परिवर्तन हो। आज संसारमा येशुको नाउमा सबैकुरा प्राप्त गर्न सक्छौ। हामीले विश्वास मात्र गर्नु पर्छ कि येशुको नाउमा शक्ति छ। हरेक कमजोरीपन हटेर जान्छ, हरेक रोगहरु निको हुन्छ, र हरेक समस्या समाधान हुन्छ। यसकारणले उहाले भन्नु भयो कि विश्वास गर्नेको निम्ति सबै कुरा सम्भब छ। जसले येशु ख्रिष्टलाई बिश्वास गरेर हिड्छ, प्रार्थना गर्छ, बचन पढ्छ, मण्डली जान्छ र दिनहु आफ्नो जीवनलाई परिवर्तन गर्छ त्यो चाहि साचो ख्रिष्टियन हो।
Comments
Post a Comment
"if you have any doubts, please let me know"